भिक्टोरियामा १२७५ कोरोना संक्रमित थपिँदा न्यु साउथ वेल्समा १७६ जनामा संक्रमण

मेलबर्न अष्ट्रेलिया । भिक्टोरियामा पछिल्लो २४ घण्टामा१२७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा गरिएको ६१ हजार ६५० जनाको परीक्षणबाट ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी सोही अवधिमा भिक्टोरियामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या ९ हजार ६३२ रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएको ५५ हजार ६३० परीक्षणमा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही समयमा न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाका कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?