एके-४७ राइफल प्रहार गरी भारतीय प्रहरी जवानले गरे आफ्नै ४ जना साथीको हत्या

एजेन्सी । भारतमा प्रहरी जवानले गोली प्रहार गरी आफ्नै ४ जना साथीको हत्या गरेका छन् । सोमबार बिहान छत्तिसगढको सुक्मा जिल्लाको प्रहरी चाैकीमा प्रहरी जवानले गोली चलाएका थिए ।

भारतीय सञ्चारमाध्यममा उल्लेख भए अनुसार सोमबार बिहान ३ बजेर १५ मिनेटको समयतिर उक्त घटना घटेको थियो । उक्त घटना हुँदा प्रहरी चाैकीमा ५० जना प्रहरी रहेको उल्लेख गरिएको छ ।

प्रारम्भिक अनुसन्धानका अनुसार प्रहरी जवान रितेश रञ्जनले आफ्नै साथीलाई एके–४७ राइफल प्रहार गरेका थिए । उक्त गोली प्रहारबाट ४ जनाको मृत्यु हुँदा ७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा प्रहरी जवानहरू राजमणि कुमार यादव, राजिब मण्डल, धन्जी र देवेन्द्र कुमार रहेका छन् ।

प्रहरीले रितेशले किन गोली चलाए भन्नेबारे अनुसन्धान भइरहेको बताएको छ । उक्त घटनामा घाइते भएकाहरूको तिलंगनास्थित अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?