प्रधानन्यायाधीश जबराको राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने बारको निर्णय

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्ने निर्णय गरेको छ ।

बारले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन आग्रह गर्दै उनले राजीनामा नदिएको खण्डमा नेपालभरका बार एकाइमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्ने स्पष्ट गरेको हो ।

बारले आन्दोलनको कार्यक्रम पनि तय गरेको छ । आन्दोलन कस्तो हुने भन्नेबारे पछि निर्णय गर्ने बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?