प्रधानन्यायाधीशसम्बन्धी विवाद एक–दुई दिनमै हल हुन्छ: अध्यक्ष प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जोडिएको विवाद एक–दुई दिनभित्रै टुंगिने बताएका छन् ।

भरतपुर विमानस्थलमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै दाहालले प्रधानन्यायाधीशसम्बन्धी विवादमा मुख खोलेका हुन् । उनले भने, ‘हिजो हामी गठबन्धनका तीन दल बसेर यो बारेमा छलफल गर्‍यौं । अब पाँचै दल बसेर एक–दुई दिनभित्रै एउटा विन्दुमा पुग्छौं ।’

महाअभियोग लगाउने सम्भावना छ कि छैन भन्‍ने पत्रकारको जिज्ञासामा उनले भने, ‘महाअभियोगको चर्चा नै नभएको बताए । उनले न्यायलयको स्वतन्त्रतामा कतैबाट आँच नआओस् भने सन्दर्भमा हामी सबै सतर्क हुनु पर्ने बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?