मंगलबार ६६६ कोरोना संक्रमित थपिए, ११ को मृत्यु

काठमाडौँ । देशभर कोभिड(१९ संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ३७२ संक्रमितको मृत्यु भइसकेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६६ संक्रमित थपिएका छन् ।

१२ हजार २० जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ५६९ र एन्टीजेन्ट विधिबाट ९७ जनामा कोभिड पुष्‍टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६२२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ७ लाख ८८ हजार ६३० जना संक्रमणमुक्त भइसकेका छन् । देशभर सक्रिय संक्रमित १० हजार २९६ जना छन् ।

आईसीयूमा २५२ र भेन्टीलेटरमा ८० उपचाररत छन् । होम आईसोलेशनमा ९ हजार ५१२, संस्थागत आईसोलेशनमा ७८४ र क्वारेन्टाइनमा २१२ जना छन् ।

सोही अवधिमा काठमाडौँ उपत्यकामा २३५ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा सबैभन्दा बढी १७७ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा २५ र ललितपुरमा ३३ संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

त्यस्तै उपत्यकामा अहिले २ हजार ४१२ जना सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा १ हजार ३०१, भक्तपुर जिल्लामा ५५९ र ललितपुर जिल्लामा ५५२ सक्रिय संक्रमित रहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?