भिक्टोरियामा १५१० जनामा कोरोना संक्रमण, न्यु साउथ वेल्समा २८२ संक्रमित थपिए

मेलबर्न अष्ट्रेलिया । भिक्टोरियामा पछिल्लो २४ घण्टामा १५१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा गरिएको ५५ हजार ६७९ जनाको परीक्षणबाट ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी सोही अवधिमा भिक्टोरियामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या २४ हजार ७१५ रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएको ७१ हजार ३५२ परीक्षणमा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?