सोमबार थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि, १३ को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा ६ सय ७३ र एन्टिजेन परीक्षणमा एक सय तीन जनामा संक्रमण देखिएको हो ।

यो अवधिमा आठ हजार दुई सय ८४ जनाको पीसीआर परीक्षण र दुई हजार पाँच सय ८० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । हाल देशभर १० हजार तीन सय ६० जना सक्रिय संक्रमित रहेका छन् । सोमबार पाँच सय एक जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार तीन सय ६१ पुगेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?