सुडानमा सैनिक ‘कू’: प्रधानमन्त्री नजरबन्दमा, मन्त्रीहरु पक्राउ

एजेन्सी । म्यानमारको सेनाले सैनिक कु गरी सत्ता हातमा लिएको छ । सेनाले प्रधानमन्त्री अब्दल्लाह हामडोकलाई उनकै घरमा नजरबन्दमा राखको छ भने मन्त्रीहरु र केही नेतालाई पक्राउ गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।

सोमबार बिहानै उनीहरुलाई पक्राउ गरिएको हो ।

सेनाले प्रधानमन्त्री अब्दुल्ला हमदोक र उनको मन्त्रिपरिषदका चार जना मन्त्रीलाई पक्राउ गरेको छ । उनीहरु सबैलाई अज्ञात स्थानमा हिरासतमा राखिएको छ ।

यसबारेमा सुडानको सेनाले भने कुनै टिप्पणी गरेको छैन । लोकतन्त्र समर्थक समूहले भने सडकमा उत्रिएर विरोध प्रदर्शन गर्न अपिल गरेका छन् ।
दुई वर्षअघि सुढानका राष्ट्रपति उमर अल–बशीरलाई सत्ताबाट हटाएपछि अन्तरिम सरकार गठन भएको थिाये ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?