भिक्टोरियामा कोरोना संक्रमण घट्यो, न्यु साउथ वेल्समा २९६ संक्रमित फेला

मेलबर्न अष्ट्रेलिया । भिक्टोरियामा पछिल्लो २४ घण्टामा १४६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा गरिएको ५६ हजार ९०५ जनाको परीक्षणबाट ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी सोही अवधिमा भिक्टोरियामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या २४ हजार ८३१ रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा २९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएको ५९ हजार ६१२ परीक्षणमा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

न्यु साउथ वेल्समा सोही अवधिमा थप ४ जनाले ज्यान समेत गुमाएका छन् । आइतबारको तुलनामा भिक्टोरिया र न्यु साउथ वेल्समा कोरोना संक्रमण दर घटेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?