भिक्टोरियामा कोरोना संक्रमण पुनः उकालो, न्यु साउथ वेल्समा घट्यो संक्रमण

मेलबर्न अष्ट्रेलिया । भिक्टोरियामा पछिल्लो २४ घण्टामा १९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा गरिएको ६९ हजार ६२४ जनाको परीक्षणबाट ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, गएको २४ घण्टामा भिक्टोरियामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु समेत भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा २९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएको ६६ हजार ७४० परीक्षणमा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

न्यु साउथ वेल्समा सोही अवधिमा थप ४ जनाले ज्यान समेत गुमाएका छन् ।

शनिबारको तुलनामा भिक्टोरियामा कोरोना संक्रमण बढ्दा र न्यु साउथ वेल्समा भने संक्रमितको संख्यामा केही कमि देखिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?