न्यु साउथ वेल्समा ८६३ जनामा कोरोना संक्रमण, थिक्टोरियामा ८६७ संक्रमित थपिए

मेलबर्न, अष्ट्रेलिया । न्यु साउथ वेल्समा ८६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको १ लाख ३२ हजार २७९ जनाको कोरोना परीक्षणमा ८६३ जनामा संक्रमण पुष्टि भएको हो ।

न्यु साउथ वेल्समा अहिलेसम्म १ करोड ६८ लाख ८५ हजार १५९जनाको कोरोना परीक्षण गर्दा ६० हजार ३७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जनाएको छ ।

पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको स्वास्थ्य विभागले जानकारी दिएको छ । न्यु साउथ वेल्समा अहिलेसम्म ३७२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै, भिक्टोरियामा पछिल्लो २४ घण्टामा ८६७ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा भिक्टोरियामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?