‘होबार्ट बोइज’द्वारा दशैंँ उल्लास कार्यक्रमको आयोजना

होबार्ट अष्ट्रेलिया । होबार्ट बोइजको आयोजनामा दशैंँ उल्लास कार्यक्रम हुने भएको छ । नेपाली युवाहरुलाई एकजुट गर्ने मुख्य लक्ष्यका साथ अक्टोबर ८ तारिखका दिन (द चोक) नेप्लिज पवमा दशैंँ उल्लास कार्यक्रम हुने भएको हो ।

यस समुहमार्फत यहाँका नेपालीहरू एकजुट भइ साझा अवसरहरू बाँड्दै बेरोजगारको दरविरूद्ध लड्न सकिने सो समूहका अगुवा विनित ज्ञवालीले बताए ।

उनका अनुसार होबार्टमा विभिन्न सीप भएका व्यक्तिहरूलाई पहिचान गरी उनीहरूलाई राम्रा उद्योगमा उचित काम उपलब्ध गराउनु हाम्रो उद्देश्य हो । यसका साथै हामी नेपालीहरूमा विशेष अवसरमा खुसी साटासाट गर्ने वाताकरण पनि सिर्जना गर्छौँ । सोही अनुसार अहिले दशैँ भाइब्स आयोजना गरिने भएको उनको भनाइ छ ।

यहाँ भएका नेपालीहरूलाई एकै ठाउँमा ल्याएर यस विषम परिस्थितीमा पनि नेपालीहरूको महान चाड दशैँमा खुसी मनाउनु यस कार्यक्रमको लक्ष्य भएको एनजे क्षेष्ठ बताउँछन् ।

होबार्ट बोइज एउटा सामूदायिक समूह हो । यसले होबार्टमा रहेका युवाहरुलाई एकीकृत गर्ने गर्दछ । नेपालीको बढ्दो जनसंख्या र होबार्ट रहेको बेरोजगारीलाई केही हदसम्म सहयोग गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?