देशभर ७३४ जनामा कोरोना संक्रमण, थप १२ जनाको मृत्यु

काठमाडाैँ । आइतबार मुलुकभर थप ७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७३०४ जनाको पीसीआर र २७०९ जनाको एन्टिजेन परीक्षण गर्दा ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार देशभर १४१३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप १२ जनाको मृत्यु समेत भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?