न्यु साउथ वेल्समा १०८५ जनामा कोरोना संक्रमण, भिक्टोरियामा थप ५०७ संक्रमित थपिए

मेलबर्न, अष्ट्रेलिया । न्यु साउथ वेल्समा १०८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ९९ हजार ७८२ जनाको कोरोना परीक्षणमा १०८५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये २ जना बाहिरी र १०८३ जना स्थानीय रहेका छन् ।

न्यु साउथ वेल्समा अहिलेसम्म १ करोड ५७ लाख ९३ हजार ७४७ जनाको कोरोना परीक्षण गर्दा ५० हजार ७३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको स्वास्थ्य विभागले जानकारी दिएको छ । न्यु साउथ वेल्समा अहिलेसम्म २९७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै, भिक्टोरियामा पछिल्लो २४ घण्टामा ५८ हजार ६१९ जनाको कोरोना परीक्षण गर्दा ५०७ जना स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?