देशभर १०६६ जनामा कोरोना संक्रमण, थप १६ जनाको मृत्यु

काठमाडाैँ । शनिबार मुलुकभर थप १०६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५४० जनाको पीसीआर र २८१८ जनाको एन्टिजेन परीक्षण गर्दा १०६६ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार देशभर १२३४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप १६ जनाको मृत्यु समेत भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?