पहिरोले अवरूद्ध मुग्लिन–नौबिसे सडक खुल्यो !

काठमाडौँ । पहिरोका कारण गए रातिदेखि अवरूद्ध मुग्लिन–नौबिसे सडक खुलेको छ । बिहान पहिरो पन्छाएपछि सडक दुबैतर्फी खुलेको इलाका प्रहरी कार्यालय मुग्लिन जनाएको छ ।

पहिरोले रोकिएका सवारी साधन सडक खुलेसँगै गन्तव्यका लागि छुटेका छन् ।

गए राति २ बजे पृथ्वीराजमार्गको चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?