एमाले अध्यक्ष ओली आज बुटवल जाँदै !

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल जाने भएका छन् । ओली आज विहान साढे १० बजे बुटवल जान लागेका हुन् ।

बुटवल एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली बुटवल जान लागेको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिए ।

भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने बताइएको छ ।

भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल तथा अन्य स्थायी कमिटी सदस्यहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । हिजो अध्यक्ष ओली गृहजिल्ला झापा पुगेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?