हेइटीका राष्ट्रपतिको हत्यामा मुछिए प्रधानमन्त्री हेन्री, देश छोड्न प्रतिबन्ध !

एजेन्सी । क्यारेबियन मुलुक हेइटीका राष्ट्रपति जोभेनल मोइसको हत्या अनुसन्धानमा वर्तमान प्रधानमन्त्री एरियल हेन्री पनि तानिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार दुई महिनाअघि भएको राष्ट्रपति जोभेनल मोइसेको हत्या अनुसन्धान गरिरहेका अधिकारीहरूले शंकाको सुई प्रधानमन्त्री एरियल हेनरीतर्फ सोझिएको बताएका हुन् ।

अधिकारीहरूले गत मंगलवार प्रधनमन्त्रीसँग बयान समेत लिइसकेका छन् । प्रधानमन्त्री हेन्रीलाई देश छोड्न प्रतिबन्ध लगाइएको छ ।

एकजना अभियोजनकर्ताले आङ्ग्रीविरुद्ध अभियोग लगाउन खोजिरहेका छन् । उनलाई हत्याका मुख्य सन्दिग्ध जोसेप फेलिक्स बाडिओसँगको सम्बन्ध स्पष्ट पार्न भनिएको छ ।

रेकर्डहरूका अनुसार ती दुईबीच हत्यापछि पटक–पटक टेलिफोन संवाद भएको देखिएको बीबीसीले बताएको छ । मोइजलाई गत जुलाई ७ तारिखमा आफ्नै निवासमा बन्दुकधारीहरूले आक्रमण गरेका थिए ।

हेइटीको प्रहरीले मोइजको हत्यामा संलग्न अधिकांश भाडाका हमलाकारी कोलम्बियाका नागरिक रहेको र दुईजना संयुक्त राज्य अमेरिकाको नागरिकता भएका व्यक्ति रहेको जनाएको थियो ।

आक्रमणकारीका रूपमा आरोपितमध्ये ४४ जनालाई पक्राउ गरिसकिएको छ । ती मध्य १८ जना कोलम्बियाका अवकाश प्राप्त सैन्य अधिकारी हुन ।

तीनजना सन्दिग्ध हमलाकारीको प्रहरीसँगको भिडन्तमा मारिएको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?