न्यु साउथ वेल्समा १२६१ जनामा कोरोना संक्रमण, भिक्टोरियामा ४२३ संक्रमित थपिए

मेलबर्न, अष्ट्रेलिया । न्यु साउथ वेल्समा १२६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको १ लाख ३७ हजार ४९८ जनाको कोरोना परीक्षणमा १२६१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थपिएका सबै कोरोना संक्रमितमध्ये २ जना बाहिरी र १२५९ जना स्थानीय रहेका छन् ।

न्यु साउथ वेल्समा अहिलेसम्म १ करोड ५१ लाख ९६ हजार ४८७ जनाको कोरोना परीक्षण गर्दा ४६ हजार ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको स्वास्थ्य विभागले जानकारी दिएको छ । न्यु साउथ वेल्समा अहिलेसम्म २५४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै, भिक्टोरियामा पछिल्लो २४ घण्टामा ५४ हजार ६४९ जनाको कोरोना परीक्षण गर्दा ४२३ जना स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?