त्रिभुवन विमानस्थलबाट ठुलो परिमाणमा सुनका गहनासहित २ जना पक्राउ !

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो परिमाणमा सुनका गरगहनासहित दुई जना पक्राउ परेका छन् ।

सोमबार काठमाडौंबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका दुई जनालाई तीन किलो तीन सय ३० ग्राम सुनका गरगहनासहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारी रहेका छन् । उक्त सुन दुई करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?