नेकपा (एस) सुदूरपश्चिम संसदीय दलको नेतामा दीर्घ सोडारी !

काठमाडौँ । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमको संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् ।

संसदीय दलको मान्यता पाएपछि सोमबार धनगढीमा बसेको संसदीय दलको बैठकले भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका दीर्घबहादुर सोडारी चयन गरेको हो ।

नेकपा एमाले छाड्दै १४ जना सुदूरपश्चिम प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेका थिए । दलको यसअघिको बैठकले बैठकले वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरिसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?