एमाले सांसद पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने

काठमाडाैँ । नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एकीकृत समाजवादी पार्टी रोज्न पाउने भएका छन् । सर्वोच्च अदालतले उनीहरूलाई पार्टी रोज्न पाउने अन्तरिम आदेश दिएसँगै उनीहरूले नयाँ पार्टी रोज्न पाृने भएका हुन् ।

उनीहरूले निर्वाचन आयोगले ९ गते सनाखतका लागि बोलाएको अवस्थामा जाँदा एकीकृत समाजवादीमा सनाखत गर्न पाएका थिएनन् ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले आज मङ्गलवार निर्वाचन आयोगको निर्णयमा त्रुटि देखिएको भन्दै सांसदहरू पाण्डे र भट्टले एकीकृत समाजवादी पार्टी रोज्न पाउने आदेश दिएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?