न्याभद्वारा भिक्टोरीयामा दोश्रो चरणको राहत वितरण !

मेलबर्न, अष्ट्रेलिया । पहिलो चरणको राहत बितरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको नेप्लिज एसोसिएसन अफ (न्याभ)ले दोस्रो चरणको राहत सामाग्री वितरण सुरु गरेको छ । न्याभले भिक्टोरीयाका रिजनल क्षेत्र सेफाटन, बालाराटका बिविध समुदाए र आदिवासीहरुलाई दोस्रो चरणको राहत वितरण वितरण गरेको हो ।

बहुसांस्कृतिक समुदायका लागि प्राथमिकता प्राइमरी रेस्पोन्स टु मल्टिकल्चरल कम्युनिटी (पिआरएमसी) अन्तर्गत प्राप्त सहयोगमार्फत दोस्रो चरणमा ९३ प्याकेजहरु वितरण गरिएको न्याभका उपाध्यक्ष प्रेमराज उप्रेतीले जानकारी दिए ।

न्याभले यसअघि मिल्दुरा र फिलीप आइलेण्ड क्षेत्रमा ८० प्याकेज र कोभिड–१९का कारण आर्थिक समस्यामा परेका १८६ व्यक्ति र परिवारहरुलाई दैनिक उपभोग्य बस्तु र स्वास्थ्य सामाग्री वितरण गरेको उपाध्यक्ष उप्रेतीले बताए ।

उक्त राहत वितरण कार्यक्रम उपाध्यक्ष प्रेम राज उप्रेती, कृष्ण चालिसे, ललीसा थापा र कोषाध्यक्ष यकिन्द्र तिमील्सिनाको पहलमा सम्पन्न भएको थियो । कोरोना भाइरसको प्रकोपले बहुसांस्कृतिक समुदायमा परेको असर न्यूनीकरण गर्न न्याभले बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?