न्यु साउथ वेल्समा ११३६ जनामा कोरोना संक्रमण, भिक्टोरियामा संक्रमण बढ्नेक्रम जारी

मेलबर्न, अष्ट्रेलिया । न्यु साउथ वेल्समा ११३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको १ लाख १४ हजार ८४ जनाको कोरोना परीक्षणमा ११३६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थपिएका सबै कोरोना संक्रमितमध्ये ९ जना बाहिरी र ११२७ जना स्थानीय रहेका छन् ।

न्यु साउथ वेल्समा अहिलेसम्म १ करोड ५० लाख ५८ हजार ९८९ जनाको कोरोना परीक्षण गर्दा ४५ हजार ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको स्वास्थ्य विभागले जानकारी दिएको छ । न्यु साउथ वेल्समा अहिलेसम्म २४२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै, भिक्टोरियामा पछिल्लो २४ घण्टामा ४२ हजार ६९४ जनाको कोरोना परीक्षण गर्दा ४४५ जना स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?