न्यु साउथमा वेल्समा कोरोना संक्रमण घट्दा भिक्टोरियामा बढ्दै

मेलबर्न, अष्ट्रेलिया । न्यु साउथ वेल्समा १२६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको १ लाख ३७ हजार ६६८ जनाको कोरोना परीक्षणमा १२६० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थपिएका सबै कोरोना संक्रमितमध्ये ३ जना बाहिरी छन् भने १२५७ जना स्थानीय रहेका छन् ।

न्यु साउथ वेल्समा अहिलेसम्म १ करोड ४९ लाख ४४ हजार ९०५ जनाको कोरोना परीक्षण गर्दा ४४ हजार ४८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको स्वास्थ्य विभागले जानकारी दिएको छ । न्यु साउथ वेल्समा अहिलेसम्म २४० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै, भिक्टोरियामा पछिल्लो २४ घण्टामा ४९ हजार ३७ जनाको कोरोना परीक्षण गर्दा ४७३ जना स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो दिनको तुलनामा न्यु साउथ वेल्समा कोरोना संक्रमण घट्दै गएको छ भने भिक्टोरियामा बढिरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?