ग्लोबल मार्क एजुकेशनले दशैँको अवसरमा होबार्टमा सांगितिक कार्यक्रम आयोजना गर्ने

मेलबर्न, अष्ट्रेलिया । नेपालीहरूको महान् चाड विजया दशमीको उपलक्ष्यमा विनर सर्कल तास्मानियाले ग्लोबल मार्क एजुकेशन एण्ड भिसा सर्भिसेज’को मुख्य प्रायोजनमा ‘दशैँ धमाका म्युजिक नाइट’ आयोजना गर्ने भएको छ ।

आगामी अक्टोबर ९ तारिखका दिन तास्मानियामा रहेका नेपालीहरूलाई एकीकृत गर्ने उद्देश्यका साथ सांगितिक कार्यक्रम आयोजना गर्न लागेको हो ।

‘अष्ट्रेलियामा रहेका नेपालीहरूलाई उनीहरूको सांगितिक करियरमा साथी बन्दै आइरहेका विनर सर्कल, त्यही कामलाई निरन्तरता दिन तास्मानियामा यो कार्यक्रम गर्न लागिएको हो । आशा छ, हामी नयाँ प्रतिभाहरूको साथी बन्न सक्छाैँ ।’ विनर सर्कल तास्मानियाका एड्मिन साजन परियारले भने ।

त्यसैगरी, उनले नेपालीहरूको महान चाडको राैनकलाई कायम राख्न र नेपालीहरूमाझ संगीत पस्किन तथा नेपाली व्यवसायीहरू नेपाली विद्यार्थीको साथमा छाैँ भन्नका लागि पनि कार्यक्रम महत्वपूर्ण भएको ग्लोबल मार्क एजुकेशन एण्ड भिसा सर्भिसेजका सञ्चालक अरूण चित्रकारले बताए ।

उनले भने, ‘पोस्ट कोभिडको समयमा यस कार्यक्रमले मानिसक स्वास्थ्यमा पनि सकारात्मक असर पर्नेमा विश्वस्त छु ।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?