न्यु साउथ वेल्समा १२६२ जनामा कोरोना संक्रमण, भिक्टोरियामा ३९२ संक्रमित थपिए

मेलबर्न, अष्ट्रेलिया । न्यु साउथ वेल्समा १२६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको १ लाख ५ हजार ५०५ जनाको कोरोना परीक्षणमा १२६२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थपिएका सबै कोरोना संक्रमित सबै स्थानीय रहेका छन् ।

न्यु साउथ वेल्समा अहिलेसम्म १ करोड ४८ लाख ७ हजार २३७ जनाको कोरोना परीक्षण गर्दा ४३ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको स्वास्थ्य विभागले जानकारी दिएको छ । न्यु साउथ वेल्समा अहिलेसम्म २३३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै, भिक्टोरियामा पछिल्लो २४ घण्टामा ४८ हजार ६३ जनाको कोरोना परीक्षण गर्दा ३९२ जना स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?