अंशबण्डाको विषयमा खुकुरी हानाहान: एकको मृत्यु, दुई प्रहरी नियन्त्रणमा !

ओखलढुंगा । ओखलढुंगामा अंशबण्डाको विषयमा खुकुरी हानाहान एक जनाको मृत्यु भएको छ । खिजिदेम्बा गाउँपालिका–५ ढाडखर्क बस्ने ६८ वर्षीय मित्र बहादुर तामाङको मृत्युपछि प्रहरीले २ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मृतककै माइला भाइ ६७ बर्षीय शेर बहादुर तामाङ र शेरबहादुरकै छोरा ३६ वर्षीय वीर बहादुर तामाङ रहेका छन् ।

जग्गा अंशबण्डाको बिषयमा उनीहरूबीच विवाद भएको थियो । विवादका बीच शेरबहादुर र वीरबहादुरले खुकुरी तथा दाउ प्रहार गर्दा मित्रबहादुरको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ ।

शेरबहादुर र वीरबहादुरलाई खुकुरी तथा दाउ सहित प्रहरीले पक्राउ गरेको हो । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?