न्यु साउथ वेल्समा १६०३ जनामा कोरोना संक्रमण, भिक्टोरियामा अहिलेसम्म कै धेरै संक्रमित थप

मेलबर्न, अष्ट्रेलिया । न्यु साउथ वेल्समा १६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको १ लाख ४७ हजार ९७५ जनाको कोरोना परीक्षणमा १६०३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थपिएका सबै कोरोना संक्रमितमध्ये ४ जना बाहिरी र १५९९ जना स्थानीय रहेका छन् ।

न्यु साउथ वेल्समा अहिलेसम्म १ करोड ४७ लाख १ हजार ७३२ जनाको कोरोना परीक्षण गर्दा ४२ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको स्वास्थ्य विभागले जानकारी दिएको छ । न्यु साउथ वेल्समा अहिलेसम्म २२६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै, भिक्टोरियामा पछिल्लो २४ घण्टामा ४२ हजार ७६५ जनाको कोरोना परीक्षण गर्दा ४५० जना स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भिक्टोरियामा पछिल्लो २४ घण्टामा अहिलेसम्म कै धेरै कोरोना संक्रमित भेटिएका हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?