शाहरुखलाई अन्डरवल्र्डको धम्की


अन्डरवल्र्डबाट धम्की आएपछि वलिवुड नायक शाहरुख खानको घरमा प्रहरीले सुरक्षा बढाएको छ । ग्यांगस्टर रवि पुजारीले खानको अफिसमा फोन गरेर धम्काएका हुन् ।

प्रहरीका अनुसार अफिसका स्टाफहरुले फोन उठाएका थिए र फोन गर्ने व्यक्तिले आफूलाई अन्डरवल्र्ड डन रवि पुजारी भनेर चिनाएका थिए । फोन गर्नेले शाहरुख खानलाई बलिवुडका निर्माता अलि र करिम मोरानीसँग काम नगर्न भनेर चेतावनी दिएका थिए । शाहरुखसँग नजिक रहेका करिम मोरानी भारतमा चर्चित टुजी घोटालाका आरोपी पनि हुन् ।

यद्यपि, डेप्युटी पुलिस कमिस्नर सत्यनारायण चौधरीले भने खानलाई लक्षित गरेरै धम्की नआएको बताए । उनले भने, अण्डवल्र्ड शाहरुखको नयाँ चलचित्रको ओभरसिज अधिकार चाहन्छ । त्यही भएर चलचत्रिको प्रमोसनमा खतरा रहेकोले सुरक्षा बढाइएको हो ।
निर्माता अली मोरानीको घरबाहिर तीन अपरिचित व्यक्तिले गोली फायर गरेकै दिन शाहरुखलाई उक्त धम्की दिइएको थियो । गत जनवारीमा पनि लस्केरे तोइबाको हिट लिस्टमा परेपछि शाहरुखलाई प्रहरीले विशेष सुरक्षा प्रदान गरेको थियो । केही समयअघि मात्र मुम्बाई पुलिसले विशेष सुरक्षा हटाएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]