खुल्यो सिड्नीमा नयाँ नेपाली रेष्टुरेन्ट- अन्नपूर्ण

नेपालीहरु अष्ट्रेलियामा काम मात्र खोज्दैनन्, अरुलाई काम दिने स्थानमा रहेका नेपालीको संख्या पनि बढ्दै गएको छ । व्यवसाय सञ्चालन गर्ने नेपालीकै लहरमा अर्को केही नाम थपिएको छ ।
र, नेपाल र नेपाली परिकारलाई सिड्नीवासीमाझ पस्कनका निम्ति खुलेको छ अन्नपूर्ण रेष्टुरेन्ट । ५३, पारामाटा रोड, हम्बुसमा खुलेको यो रेष्टुरेन्टको नाम किन अन्नपूर्ण राखियो त ? यसका सञ्चालकमध्येका एक सुदर्शन भुसालको भनाई छ, नेपालको हिमाल चिनाउनको लागि । अनुभवी शेफले नेपाली परिकारका साथै भारतीय परिकारको स्वाद पनि यहाँ पुग्नेहरुलाई दिलाउनेछन् । उचित मूल्यमा स्वादिष्ठ परिकार ग्राहकका निम्ति पस्कनु नै रेष्टुरेन्टको लक्ष्य रहेको सञ्चालकहरु बाबुराम पोखरेल र पशुपति पोखरेलले जानकारी दिनुभयो । केही दिन अघिबाट सञ्चालनमा आएको रेष्टुरेन्टमा आउन आग्रह गर्दै सञ्चालकहरुले नेपालीले थालेको व्यवसायलाई नेपालीले प्रोत्साहन गर्नुपर्ने भन्दै एकपटक पुगेर प्रतिक्रिया दिन अनुरोध गरेका छन् ।