हाम्रो ईतिहास र हाम्रो बारेमा

सन् २००७ को अगष्टमा अष्ट्रेलियन सेक्युरिटी एण्ड ईन्भेष्टमेन्ट कमिशन (ASIC) मा दर्ता भई २०११ को मे १६ देखि विधिवत सञ्चालित माई नेपाल टेलिभिजन अर्थात एम.एन.टी.भी. अष्ट्रेलिया नेपालबाहिर रहेका नेपालीभाषीहरुको सेवामा निरन्तर क्रियाशील छ। जतिबेला हामीले आई.पी. टी.भी. (IPTV) को कन्सेप्ट सुरु गरेका थियौं त्यतिबेला यस्तो प्रविधिका विषयमा नेपालमा चर्चा पनि सुरु भएको थिएन । विश्वका विभिन्न कुनामा पनि यो सुरुवातकै चरणमा थियो । हामीले एम.एन.टी.भी. लाई नेपालबाहिर रहेका नेपाली र नेपाललाई जोड्ने कडीका रुपमा विकास गर्ने प्रयास थालेका थियौं ।

विश्वका विभिन्न विकसित मुलुकजस्तै अष्ट्रेलियामा पनि सन् २००७ देखी २०२० का बीचमा नेपालीको उपस्थितिका हिसाबले निकै परिवर्तन आइसकेको छ । संख्या बढ्दो छ यो संख्यासँगै समस्याहरु पनि थपिँदा छन् । समस्या मात्र थपिएका छैनन् अवसरका नयाँ आयामहरु भेटिएका छन् । नेपालीले विभिन्न क्षेत्रमा हासिल गरेका सफलताका कथाहरु उजागर हुँदैछन् ।

आज नेपालभित्र र नेपाल बाहिरका नेपालीलाई जोड्ने अनेक कडीहरु हरेक महादेशमा बनिरहँदा अब हामी यी कडीहरुसँग हातेमालो गर्दै अष्ट्रेलियामा बस्नै सबै नेपालीभाषीलाई अझ प्रगाढ, अझ नजिक अझ सशक्त रुपमा जोड्ने नयाँ अभियानमा लागेका छौ। हामी समूदाय, संघसंस्था र सञ्चारमाध्यम एक भएमात्र विकृति, विसंगति र अपराधिक प्रवृत्तिहरुलाई समाजबाट अन्त्य गर्न सकिन्छ,  स्वच्छ, समतामूलक र प्रगतिशील समाज बनाउन सकिन्छ भन्ने ठान्दछौं ।  

सिड्नी निवासी जोसिला नेपाली युवा महेन्द्र ओलीको अवधारणा अनुरुप सुरु भएको यो टेलिभिजनको हाल व्यवस्थापकीय नेतृत्व नेपाली समूदायका अग्रज चन्द्र योन्जनले गरिरहनुभएको छ । अध्यक्षका रुपमा योन्जनले अष्ट्रेलियाको मूलसमाज, अन्य सामूदायिक समूहहरु र नेपाली समूदायमा आएको विगत ३० वर्षको परिवर्तनलाई नजिकबाट नियाल्दै, यसको विश्लेषण गर्दै हाम्रो समाजका लागि अबको बाटो के हुनुपर्छ भन्ने मार्गनिर्देश गर्नुहुनेछ ।

यो एक दशकभन्दा बढीको यात्रामा धेरै साथीहरु एमएनटीभीसँग जोडिनुभएको छ । उहाँहरु आफ्नो कार्यव्यस्तता अथवा अन्य प्राथमिकताका आधारमा हामीबाट अलिकति टाढा हुनुभयो होला तर यो मिशनमा हामीसँग निरन्तर हुनुहुन्छ ।

कुनैपनि मिडियाको मुटु भनेकै सम्पादकीय टिम हो । हामीसँग विगत दुई दशकदेखि नेपाली पत्रकारिता अनि टेलिभिजनमा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएका चिरञ्जीवी देवकोटा प्रधान सम्पादकको रुपमा आबद्ध हुनुहुन्छ । उहाँ पत्रकारिता र आम सञ्चार विषयमा नेपालको पूर्वाञ्चल विश्वविद्यालयको स्नातकोत्तर तहमा गोल्ड मेडलिष्ट हुनुहुन्छ । ईमेज टेलिभिजन, नेपाल वान टेलिभिजन, सगरमाथा टेलिभिजन हुँदै न्यूज २४ टेलिभिजनको समाचार प्रमुखको दायित्व निभाईसक्नुभएका देवकोटाले विगत आधा दशकदेखि अष्ट्रेलियामा रही यहाँको समाज, समूदायलाई नजिकबाट बुझ्नुभएको छ ।

नेपाली म्युजिक भिडियो निर्माणको क्षेत्रमा सैयौं भिडियो निर्माण गरी चर्चित बनेका जीवन रसाईली एम.एन.टी.भी. को गीत संगीत र मनोरञ्जन संयोजकको जिम्मेवारीमा हुनुहुन्छ । सिर्जनालाई नै क्रियाशीलताको मापदण्ड बनाउने रसाईलीको योगदान नेपाली फिल्मक्षेत्रदेखि संगीत र मनोरञ्जन क्षेत्रमा अतुलनीय छ ।

मिडिया टेक्नोलोजीमा माष्टर्स गर्नुभएका रमनकुमार झा बजार व्यवस्थापकको जिम्मेवारीमा हुनुहुन्छ । नेपालमा समेत विभिन्न एडभर्टाईजिंग एजेन्सीहरुमा लामो समयको अनुभव संगाल्नुभएका झा एउटा सशक्त मिडिया नेपाली सिमानाभन्दा बाहिरबाट पनि सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो संस्थाको उद्देश्यको सशक्त हिमायति हुनुहुन्छ ।

यस्तै नेपालबाट एम.एन.टी.भी. को संयोजन गर्ने पंकज थापा, सिड्नी संयोजक सुमन सिवाकोटी, तास्मानिया संयोजक खगेन्द्र सत्याल, क्वीन्सल्याण्ड संयोजक किरण खनाल, साउथ अष्ट्रेलिया संयोजक बालगोपाल उपाध्याय, वेष्टर्न अष्ट्रेलियाका संयोजक कमल सिलवाल, क्यानबेरा संयोजक प्रदिप तिमल्सिनासहित लेखक, साहित्यकार, भाषा अनुवादकको “टीम एम.एन.टी.भी. अष्ट्रेलिया” तपाईंहरुलाई सुसूचित गर्ने अभियानमा छौं ।

यस्तै विभिन्न राज्यहरुमा रहेका हाम्रा प्रतिनिधिहरु, कार्यक्रम सञ्चालन गर्ने, एमएनटीभीलाई प्रतिनिधित्व गर्ने र आवाजविहीनको आवाजलाई बुलन्द बनाउने अभियानमा हुनुहुन्छ । “मेलबर्न टकदेखि लोकलहरीसम्म, नमस्ते अष्ट्रेलियादेखि सेलिब्रेटी टकसम्म” हाम्रा कार्यक्रमहरु मार्फत निरन्तर तपाईंहरुलाई सूचना, मनोरञ्जन र सचेतना फैलाउन अहोरात्र खटिएका छौं ।

यो यात्रामा तपाईंहरुको भूमिका महत्वपूर्ण हुनेछ । पाठक, श्रोता र दर्शकहरुको सुझाव, सल्लाह र प्रतिक्रियालाई हामी सदैव उच्च सम्मान गर्नेछौं ।

हामी तपाईंहरुलाई सूचना मात्र दिने छैनौं, यहाँको मूल राजनीतिक वृत्तमा नेपाली समूदायको प्रतिनिधित्वको मुद्दालाई समेत मुखरित गर्नेछौं । सत्य सूचना प्रवाह गर्दै, पत्रकारिताका मूलभूत सिद्धान्तहरुलाई आत्मसात गर्दै अष्ट्रेलियाको कानूनी परिधिमा रही तथ्यमा आधारित जिम्मेवार निष्पक्ष भूमिका निर्वाह गर्नु नै हाम्रो एकमात्र लक्ष्य हुनेछ ।

अन्त्यमा:

हामी तपाईंहरुको शुभेच्छा, सहकार्य र साथको आशा गर्दछौं । यस्तै तपाईंका लेख, रचना, साहित्य, सूचना, प्रतिभा हामी बृहत्तर समाजमा लैजान चाहन्छौं । सदाझैं तपाईंहरुले आफ्ना सिर्जना या सूचना हामीलाई पठाउनुहुने अपेक्षा गर्दछौं । धन्यवाद ।

Melbourne 16 May 2011                                   updated Version- 20 June 2020

ABOUT US

Our Proud History in Australia

My Nepal TV (MNTV) Australia initially registered in August 2007 with the Australian Security and Investment Commission (ASIC) but is actively operating since 16 May 2011 as “MNTV Australia” a News and Multimedia company. It started operating immediately with an aim to represent a collective voice of the Nepalese Community in Australia.

The growth of the Nepalese community in Australia since the past two decades has been phenomenal, highlighting the nascence of a powerful and persuasive media to serve the community indispensable. So, therefore, after a long-contemplated vision, and serious thinking upon the necessity of a bridge to introduce this minor community (at the time, Nepali Diaspora’s population in Australia would be considered as ‘others’ in the Australian population statistic) to the broader Australian community has culminated into “MNTV Australia”.

MNTV’s objective is not only to validate and strengthen our own community but also to bridge a gap between the many co-existing groups of the society, politicians, broader Australian community, local and federal Government, and its agencies. We strive to cover issues that are relevant to the community and provide a forum for discussion and debate. Most of all we aim to be the voice of those who often get unheard.

Working in conjunction with local government bodies, politicians and community leaders will be as important as it is for us to work with our own community. As we already share the basic human values, we also want to exchange our culture, traditions, and beliefs through “MNTV Australia”.

My Nepal TV (MNTV) Australia – an introduction:

An online news portal, publishing from www.mntvonline.com targeted primarily to the Nepalese diaspora living in Australia and around the world, but also to a broader information seeking members of the society. Following the basic principles of journalism- news, views and reviews we, intend to empower and educate our readers with valuable information to lead a quality and meaningful life.

We encourage our community plus broader Australian and other community members from all around the world to participate in this forum by sending your articles, news, blogs, interesting stories and many other interesting pieces of media materials so we can publish them through this mouthpiece of Nepalese Diaspora community group in Australia.

We also welcome your constructive feedback, comments, and suggestion which we can use in making this news magazine better and therefore serve you qualitative information which ultimately benefits our community and will help make the society we live in better.

Our Legal team and contact details:

MNTV Australia which is registered under the Australian corporate law understands the importance of legal and ethical journalism and social responsibilities. We have a legal team to make sure we have met our legal and social responsibility. You can always contact us or our legal team If you have any issues with our articles, news any other contents or publications, which is published in this news portal.

Contact Details:

Anthony Desiderio |Principal Associate or Kieran Best| Lawyer 
Marshalls + Dent + Wilmoth Lawyers Level 21 570 Bourke Street Melbourne VIC 3000
All correspondence:  PO Box 316 Collins Street West VIC  8007 Australia
Tel +61 3 9670 5000  Fax +61 3 9642 0409                                                              Email: adesid[email protected] Web: www.mdlaw.com.au  

Melbourne 16 May 2011                                                      updated Version- 20 June 2020