आज २०८१ साल जेठ महिनाको २८ गते सोमबार, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् राशिफल


मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफ्नो क्षमता प्रयोग गरी अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाइने तथा विलासी जीवन व्यातित गरी रमाउने समय रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बिद्यार्थीहरुले पढाइ लेखाइमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् । प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । सुख दुखमा साथ दिनेहरु भेटिने हुदा मन प्रशन्न रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पढाइ लेखाइमा शुक्ष्म तरिकाले गरीएको अध्ययनले सकारात्मक नतिजा ल्याउन सकिनेछ । आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ । सन्तान पक्षबाट भनेजस्तो सहयोग तथा सल्लाह पाइने तथा बंश बृद्धिको गतिलो योग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारणसँग सन्तुलित व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपार्ईँको कमजोर उपस्थितिको फाईदा अरुले उठाउँन सक्छन् ध्यान दिनुहोला । आमा वा आमा सरहका मानससँग मनमुटाव बढ्नेछ । व्यापार व्यावसायमा न्यून नाँफा हुने हुनाले दैनिकि कष्टकर हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिहानको समय राम्रो रहेकोले लेखन कलाको माध्ययमले आफ्ना भनाईहरु जनमानसमा लैैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपार्ईँ आफ्नै पक्षमा पार्न सकिनेछ । मध्यान्हबाट माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुनसक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर नहोला भन्न सकिन्न।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेमप्रसङमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपार्ईँकै पोल्टोमा पर्नेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सामाजिक कामहरु समयमा गर्न सकिने हुदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहरु सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रुपमा सुदृड हुने समय रहेकोछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । बिहानको समय मध्ययम रहेकोले काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा प्रविधिको प्रयोग गरि लाभ लिन सकिनेछ । बित्तिय क्षेत्रसँग सम्बन्धित कामबाट लाभ लिन सकिनेछ । मध्यान्हबाट कामगर्दा बिशेष शावधानी अपनाउँनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमी हुनेछ । वाहिरी वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केहि समय पर्खनु राम्रो रहेकोछ भने विदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जानेछैन भने अल्छि गर्नाले अन्यकामहरु प्नि बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मानसम्मान तथा इज्जत प्रतिश्ठामा दाग लाग्न सक्छ काम गर्दा ख्याल गर्नुहोला । सरकारी सेवामा झन्झटिला प्रक्रिया अवलम्वन गर्नुपर्दा मानशिक तनाव बढ्नेछ । राज्यबाट गलत आक्षेपहरु लाग्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडी परिनेछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय दिनु पर्नेछ । बिहानको समय उत्तम रहेकोले अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न सकिनेछ भने धार्मिक स्थल तथा छोटो दुरिको यात्राको तय हुनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
भाग्यले साथ दिनेहुदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा दिदि बहिनीसँग मनमुटाब बढ्नेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बिहानको समय राम्रो रहेकोले पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पूरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पतीको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँनेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?