कुलतमा परेका १३ बेसबल खेलाडी हिरासतमा


वैशाख २५, एजेन्सी । दक्षिण कोरियाका बेसबल खेलाडी कुलतका कारण कानूनी अनुसन्धानको उल्झनमा परेका छन्। त्यहाँका १३ पूर्व र केही वर्तमान बेसबल खेलाडीहरूलाई निद्रा लाग्ने औषधिको चक्की सेवन गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ।

लागूऔषधको कोटीमा राखिएको निद्रा लाग्ने औषधि सेवन गरेको सूचना पाएपछि उनीहरूलाई गत मार्चमा पक्राउ गरेर प्रहरीले ट्रायलमा राखेका डुसन बियर्सका पूर्व इन्फिल्डर ओह जे–वोनमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

सियोल महानगरीय प्रहरी एजेन्सी कमिश्नर चो जी–होले मंगलबार एक प्रेस कन्फरेन्समा आठ वर्तमान डुसन बियर खेलाडीहरू र अरु पाँचजना खेलाडी यसमा संलग्न रहेको जानकारी दिए। कोरिया बेसबल संगठनको क्लीन बेसबल सेन्टरलाई रिपोर्ट दिईएको थियो, जसले खेलाडीको दुव्र्यशन र त्यसबाट हुने दुव्र्यवहारको निगरानी गर्दछ।

खेलाडीको कुलतबारेको सम्भावनालाई अनुसन्धानको अन्तिम चरणमा विचार गरिने प्रहरीको भनाई छ।

ओहले सन् २०२२ नोभेम्बरदेखि २०२३ नोभेम्बरसम्म ११ पटक मेथाम्फेटामाइन लिएको र सन् २०२३ को जनवरीदेखि मार्चसम्म चिनेकाहरूबाट २ हजार २४२ जोल्पिडेम निद्राको चक्की लिएको र उनलाई त्यसको बानी परिसकेको बताईएको छ।

मे १ मा आफ्नो पहिलो सुनुवाईको क्रममा ओहले लागू औषध प्रयोग गरेको स्वीकार गरेका थिए। मे ३ मा अभियोजकहरूले उनलाई गत नोभेम्बरमा आफ्नो चिनजानबाट ०।२ ग्राम मेथाम्फेटामाइन प्राप्त गरेको थप आरोप लगाएका छन्।

ओहको औषधि सप्लायर भनेर चिनिएका चिनजानलाई ओहलाई मेथाम्फेटामाइन सुम्पेको र ४०० निद्राको चक्की बेचेको अभियोगमा पनि अभियोग लगाइएको थियो। ओहलाई मार्च २२ मा पक्राउ गरिएको थियो जब सियोल जिल्ला अदालतले उडान जोखिमलाई उद्धृत गर्दै उनलाई पक्राउ पुर्जी जारी गरेको थियो।

उनको एक महिला चिनजानबाट सूचना पाएपछि प्रहरीले त्यस महिनाको सुरुमा उनको शंकास्पद लागुऔषध प्रयोगको बारेमा अनुसन्धान सुरु गरेको थियो।

३९ वर्षीय खेलाडीले आफ्नो सम्पूर्ण करियर बेयर्ससँग बिताए। टोलीलाई सन् २०१५, २०१६ र २०१९ मा तीन कोरियाली शृङ्खलाको उपाधि जित्न मद्दत गरे।उनले कोरियाली राष्ट्रिय टोलीलाई २०१४ को एसियाली खेलकुद र २०१५ विश्व बेसबल सफ्टबल कन्फेडेरेसन प्रिमियर १२ मा स्वर्ण पदक दिलाउन पनि मद्दत गरेका थिए।

उनले २०२२ मा व्यावसायिक बेसबलबाट सन्यास लिएका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?