‘वन्डर वुमन’ को फ्रेञ्चाइजी अन्त्यको घोषणा


वैशाख २५, मुम्बई । हलिउडको ब्लकबस्टर फिल्म ‘वन्डर वुमन’को फ्रेञ्चाइजी नबन्ने भएको छ। पेटी जेनकिन्सको यो फिल्मको फ्रेञ्चाइजीलाई अन्त्य गर्ने निर्माण पक्षले घोषणा गरेको छ।

यो फिल्म पहिलोपटक सन् १९८४ मा रिलिज भएको थियो। त्यो समयदेखि अहिलेसम्म यो फिल्मलाई दर्शकले उत्तिकै मनपराएका थिए। यसको सबै फ्रेञ्चाइजीले बक्सअफिसमा सर्वोत्कृष्ट व्यापार गरेको थियो।

अभिनेता क्रिस पाइनले फिल्मको फ्रेञ्चाइजीको अन्त्यको खबरले आफू निराश भएको बताएका छन्। ‘म साँच्चै चिन्तित छु कि आखिर यस्तो किन गरियो । अब पेटी जेनकिन्सको वन्डर वुमनको फ्रेञ्चाइजीलाई कसरी अन्त्य गरिँदैछ’, उनले भनेका छन्।

क्रिसका अनुसार निर्माण कम्पनी वार्नर ब्रदर्सले यो निर्णय लिएको छ। ‘म यो कुरालाई जति सम्झिने प्रयास गरेको छु, त्यति नै सम्झिन सकेको छैन। यस्तो हैन कि फिल्मले बक्सअफिसमा कमाल गर्न सकेको छैन। यो फिल्मका कारण वार्नर ब्रदसलाई नै फाइदा भएको थियो’, उनले अगाडि भनेका छन्।

‘वन्डर वुमन’ले विश्वभर करिब १ बिलियन डलरको कमाई गरेको थियो । वार्नर ब्रदर्सले एक्कासी यो निर्णय कसरी लियो भन्ने चासो र चर्चा अहिले हलिउडमा छ।

सन् १९८४ पछि यो फिल्म सन् २०१७ र सन् २०२२ मा निर्माण भएर रिलिज गरिएको थियो । हलिउड स्टार गेल गेडोट यो फिल्मको प्रमुख हिस्सा थिइन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?