अमेरिका पुग्यो नेपाली क्रिकट टोली


वैशाख २५, काठमाडौं । नेपाली क्रिकट टोली अमेरिका पुगेको छ। आइसीसी टी २० विश्वकप क्रिकेटका लागि काठमाडौंबाट प्रस्थान गरेको टोली अमेरिकाको फ्लोरिडाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो।

पहिलो चरणमा गएको टोली मियामी पुगिसकेको छ भने दोस्रो चरणको टोली पुग्ने क्रममा रहेको छ। काठमाडौंबाट जानलाई एकै चरणमा टिकट नपाइएपछि टोली दुई चरणमा गरेर अमेरिका प्रस्थान गरेको थियो। टी २० विश्वकपको अभ्यासका लागि नेपाली टोली त्यहाँबाट वेस्टइन्डिज पुग्ने छ।

मियामी अन्तर्राष्ट्रिय एयरपोर्टमा उत्रिएको नेपाली टोलीलाई नेप्लिज एशोसिएशन अफ फ्लोरिडाका पदाधिकारीले स्वागत गरे। उपाध्यक्ष विनोद बस्नेतसहित पारस पन्त, सुदन सुवाल, सुमन सुवेदीका साथै नेपाली विद्यार्थीहरुले स्वागत गरेका हुन्।

नेपाली टोलीले फ्लोरिडामै केही दिन अभ्यासपछि आइतबार वेस्टइन्डिज जाने छ। त्यसैगरी मिट एन्ड ग्रीट कार्यक्रममा पनि नेपाली टोली केहि दिन व्यस्त बन्ने छ। वेस्टइन्डिजमा अभ्यास गरेपछि नेपाली टिम विश्वकपका लागि अमेरिका आउने छ। त्यसपछि पनि फेरि विश्वकपको म्याचका लागि नेपाली टिमले वेस्टइन्डिजकै भ्रमण गर्नुपर्ने छ।

आइतबार काठमाडौंबाट प्रस्थान गरेको टोली भने आज राति मात्रै मियामी पुग्ने छ। नेपाली टिमका सबै खेलाडीहरु पुगेपछि फ्लोरिडामा नेपालीहरुसँग मिट एन्ड ग्रिट कार्यक्रमको आयोजना मंगलबार राखिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?