तोलामा दुई सयले बढ्यो सुनको मूल्य


वैशाख २४, काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा दुई सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा दुई सयले वृद्धि भई एक लाख ३५ हजार छ सय पुगेको छ। आइतबार छापवाला सुन तोलामा एक लाख ३५ हजार चार सयमा कारोबार भएको थियो।

महासङ्घका अनुसार तेजावी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ। आइतबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार सात सय ५० मा कारोबार भएको थियो।

चाँदी मूल्य तोलामा एक हजार छ सय ६० निर्धारण भएको छ। आइतबार चाँदी तोलामा एक लाख छ सय ४० मा कारोबार भएको थियो।
(

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?