उपत्यकासहित यी तीन प्रदेशमा आज पनि पानी पर्ने


काठमाडौं । आज पनि काठमाडौं उपत्यकासहित कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेका कारण आज पनि देशभर आंशिक देखि साधारणतया बदली रहनेछ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?