परराष्ट्रमन्त्री श्रेष्ठ र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता


वैशाख २३, काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानका विदेशमन्त्री खामिखावा योकोबीच द्विपक्षीय भेटवार्ता भएको छ। मन्त्रालयमा आइतबार मन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डल र जापानी विदेशमन्त्री योकेको प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको हो।

परराष्ट्रमन्त्री श्रेष्ठले यो भ्रमणमा कुनै सम्झौताको अवधारणा नभएको भन्दै दुई देश बीचको सम्बन्धलाई अझ विस्तार गर्ने बारेमा मात्र छलफल भएको बताए।
उनले भने, ‘हाम्रो निमन्त्रणामा जापानको विदेश मन्त्री नेपालको भ्रमणमा आउनुभएको छ। यो उहाँको औपचारिक सद्भावना भ्रमण हो। हामीले जापानलाई पुरानो असल मित्रको रुपमा र विकास साझेदारको रुपमा लिएका छौ। त्यसकारणले हाम्रो सम्बन्धलाई अझ विस्तार गर्ने बारेमा सबै पक्षहरुमा छलफल भएको छ । यो भ्रमणमा कुनै सम्झौताको अवधारणा छैन। हामीले दुईपक्षीय सम्बन्धहरुलाई अझ दह्रो कसरी बनाउने भन्ने बारेमा छलफल भएको छ।’

योकोले प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेट गर्नेछिन् । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले सम्मानमा दिने रात्रिभोजपछि विदेशमन्त्री योकेको जापान फर्किने कार्यक्रम छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?