नेपालसँग वेस्ट इन्डिज ‘ए’ ६ विकेटले पराजित


काठमाडौं ।

काठमाडौंमा जारी पाँच खेलको टी–२० श्रृंखलाको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज एलाई ६ विकेटले पराजित गरेको छ। टीयू क्रिकेट मैदानमा वेस्ट इन्डिजए ले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा मात्र चार विकेट गुमाएर भेट्टायो।

नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय पारी खेले। शेख र शाहले क्रमशः ५१ र ५८ रन बनाए। कुशल मल्लले १८ बलमा ३७ रन बनाउँदै खेलको सुखद अन्त्यष् गरे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि एलिक आथान्जेले सर्वाधिक ४२ रन बनाए। उनले २९ बलमा १ चौका र ३ छक्का हिर्काए। कप्तान रोस्ट चेसले २३ बलमा ३३ रन बनाए। त्यस्तै, ओपनर जोनसन चाल्र्सले २० बलमा २४ रन तथा म्याथ्यु फोर्डेले १२ बलमा २३ रनको योगदान दिए।

नेपालका सोमपाल कामी र सागर ढकालले तीन÷तीन विकेट लिए। नेपालको १५ सदस्यीय टोली आज साँझ नै विश्वकपका लागि अमेरिका उड्नेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?