वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य


वैशाख २२, काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टी–२० श्रृंखलाको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज एविरुद्ध जितका लागि १७३ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजएले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनायो।

वेस्ट इन्डिजका लागि एलिक आथान्जेले सर्वाधिक ४२ रन बनाए । त्यस्तै, कप्तान रोस्ट चेसले ३३ रन, ओपनर जोनसन चार्ल्सले २४ रन तथा म्याथ्यु फोर्डेले २३ रनको हिर्काए ।

टस हारी पहिले बलिङ गरेको नेपालका लागि सोमपाल कामी र सागर ढकालले समान तीन–तीन विकेट लिए। वेस्ट इन्डिजएले ३–१ ले शृंखला आफ्नो पक्षमा पारिसकेको छ । नेपाल श्रंखलाको सुखद अन्त्य गर्न चाहान्छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?