पूर्वराजा ज्ञानेन्द्र र कोमलले मनाए वैवाहिक वर्षगाँठ


वैशाख २०, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र र कोमल शाहले विवाहको ५५ औँ वर्षगाँठ मनाएका छन्। विहीबार केही शुभेच्छुक र आफन्तहरुसँग उनीहरुले बर्षगाँठ मनाएका हुन्। ज्ञानेन्द्र र कोमलबिच २०२७ साल वैशाख १९ गते विवाह भएको थियो। वर्षगाँठको अवसरमा पूर्वराजा पतिपत्नीले एकआपसमा केक खुवाएर खुशी साटासाट गरे।

नेपाली सेनाका तत्कालीन रथी केन्द्र शमशेरकी माहिली छोरी कोमल राणासँग तत्कालीन युवराज ज्ञानेन्द्रको विवाह भएको हो। केन्द्र शमशेरकै जेठी छोरी ऐश्वर्य राणासँग २०२६ मा तत्कालीन युवराज वीरेन्द्रको विवाह भएको थियो।

ज्ञानेन्द्रको विवाहको केही समयपछि उनका भाइ तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहको प्रेक्षा राणासँग विवाह गरेका थिए। प्रेक्षा पनि रथी केन्द्र शमशेरकै कान्छी छोरी थिइन।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?