नेपाल २८ रनले पराजित, वेस्ट इन्डिज ‘ए’ले जित्यो श्रृंखला


वैशाख २०, काठमाडौं । नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिज एले काठमाडौंमा जारी पाँच खेलको टी–२० श्रृंखला जितेको छ। बिहीबार टीयू क्रिकेट मेदानमा नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिज एले एक खेल अगावै श्रृंखला जितेको हो।

आज दुई सय १० रनको विजय लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरभन्दा १ बल अगावै १८१ रनमा अल आउट भयो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८२ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। त्यस्तै सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले सामान १९–१९ रन बनाए।

यसअघि नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो भने त्यसपछि नेपाल वेस्ट इन्डिज एसँग १० रन, ७६ रन र आज २८ रनले पराजित भएको हो। अन्तिम खेल शनिबार हुनेछ। शनिबार नेपाल श्रृंखलाको सुखद अन्त्य गर्ने उद्देश्यसहित मैदान फर्किने छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?