सबैभन्दा महंगो वेब सिरिज भनिएको ‘हीरामण्डी’का निर्देशक देखि कलाकारले कति लिए पारिश्रमिक ?


वैशाख २०, मुम्बई निर्देशक सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हीरामण्डी’ बुधबारबाट नेटफ्लिक्समा प्रसारणमा आइसकेको छ। यो सिरिजमा मनीषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्ढा, शर्मिन सहगल र सन्जीदा शेखसँगै फरदीन खान, शेखर सुमन, अध्ययन सुमन र ताहा शाह बदुशाको पनि अभिनय छ।

सञ्जयले यही सिरिजमार्फत ओटीटी डेब्यू गरेका छन् । लाहोरको रेड लाइट एरियामाथि बनेको यो सबैभन्दा महंगो सिरिज हो। यो सिरिजमा करिब २०० करोड रुपैंयाँ खर्च गरिएको छ । यो सिरिजका लागि निर्देशक भन्सालीसहित कलाकारहरुले सिरिजका हिसाबले राम्रै पारिश्रमिक लिएका छन्।

सञ्जय बलिउडका लोकप्रिय निर्माता र निर्देशकका रुपमा चिनिन्छन्। ‘देवदास’, ‘बाजीराव मस्तानी’, ‘पद्मावत’ र ‘गंगूबाई काठियावाडी’ जस्ता ब्लकबस्टर फिल्मका लागि परिचित भन्सालीले सिरिजका लागि ६५ करोड पारिश्रमिक लिएका छन्।

सिरिजमा अभिनेत्री सोनाक्षीले सर्वाधिक २ करोड पारिश्रमिक लिएकी छन्। त्यस्तै मनीषाले १ करोड, अदिति राव हैदरीले १ देखि डेढ करोड, ऋचा चड्डाले १ करोड र सन्जीदा शेखले ४० लाख रुपैंयाँ पारिश्रमिक लिएका छन्। भन्सालीले १५ वर्षदेखि यो सिरिज बनाउने तयारी गरिरहेका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?