बोरुसिया डर्टमुन्डले पीएसजीलाई हरायो


वैशाख २०, काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले अग्रता लिएको छ।

बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइनलाई १–० ले पराजित गरेको हो। डर्टमुन्डले पीएसजीमाथि जित निकाल्दा ३६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो।

जसका लागि निकलास फुलक्रुगले एकमात्र गोल गरेका थिए। निको श्लोटरबेकको पासमा गरेको गोलले अग्रता लिएको डर्टमुन्डले सोही अग्रता अन्तिमसम्म जोगाउँदै पहिलो लेगमा सफलता हात पारेको हो।

दोस्रो लेग अर्को साता पीएसजीको मैदानमा हुने छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?