पञ्जावसँग चेन्नई सुपर किंग्स ७ विकेटले पराजित


वैशाख २०, काठमाडौं । इन्डियन प्रिमियिर लिग क्रिकेटमा पञ्जाव किंग्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ। चेन्नईको एमए चिदम्बरम स्टेडियममा घरेलु टोलीले दिएको १६३ रनको लक्ष्य पञ्जावले १५।५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो।

चेन्नईको जारी आइपीएलमा पाँचौं हार हो। चेन्नईको १० खेलमा १० अंक छ। पराजित भए पनि अंक तालिकाको चौथो स्थानमा यथावत छ। तर, चेन्नईको नेट रन रेट घटेको छ। उता, जितपछि पञ्जाब किंग्सले तालिकामा ८ अंक बनाएको छ। १० खेलमा चौथो जित हात पारेको छ। टोलीले ६ खेलमा हार बेहोरेको छ। पञ्जाब अंक तालिकाको सातौं स्थानमा पुगेको छ। यसको नेट रन रेटमा पनि सुधार भएकाले प्लेअफको आशा जीवितै छ।

टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले सुरुआत राम्रो गरेको थियो। ८.२ ओभरमा ६४ रन बनाएका बेला अजिंक्या रहाणे २४ बलमा २९ रन बनाएर आउट भएका थिए। उनले चार चौका प्रहार गरेका थिए। लगत्तै शिवम दुवे डकआउट भएका थिए। टिमको स्कोर ७० रन पुग्दा रविन्द्र जडेजा पनि व्यक्तिगत २ रनको अवस्थामा पभेलियन फर्किए।

१० ओभरभित्र तीन विकेट गुमेपछि चेन्नई दबामा आएको थियो। एक छेउमा कप्तान ऋतुराज गायकवाड टिके पनि अन्य ब्याटरहरु आउने र जाने क्रम चलेको थियो। चौथो विकेटको रुपमा टिमको स्कोर १०७ पुग्दा चेन्नईका समीर सिज्भी २३ बलमा २१ रनको स्लो पारि खेलेर आउट भए।

उनले जम्मा एक चौका प्रहार गरे। पाँचौं विकेटको रुप्मा कप्तान ऋतुराज अर्धशतकीय पारि खेलेर विदा भए। उनले ४८ बलमा २ छक्का र ५ चौकाको मद्दतले ६२ रन जोडेर क्रिज छाडेका थिए। मोइन ओली १५ रन बनाएर आउट हुँदा महेन्द्रसिंह धोनी १४ रनमा रनआउट भए। पञ्जावका हरप्रित बरार राहुल चहारले दुई दुई विकेट लिए।

१६३ रनको लक्ष्यसहित मैदान उत्रिएको पञ्जावको सुरुआत भने खास रहेन। पहिलो विकेटको रुपमा प्रभासिमरन सिंह १३ रन बनाएर आउट भएका थिए। त्यसपछि जोनी वेरिस्टो र रिले रुसोले पारि सम्हालेका थिए। दोस्रो विकेट पञ्जावले ९.२ ओभरमा ८३ रन बनेका बेला गुमाएको थियो। दोस्रो विकेटको रुपमा जोनी वेरिस्टो ३० बलमा ४६ रन बनाएर आउट भए।

उनले एक छक्का र सात चौका प्रहार गरे। त्यसैगरी रिले रुसो तेस्रो विकेटको रुप्मा आउट हुँदा पञ्जावले १२ औं ओभरमा ११३ रन बनाएको थियो। रुसोले २३ बलमा ४३ रनको पारि खेले। उनले दुई छक्का र पाँच चौका प्रहार गरेका थिए।

अन्त्यमा शंशांक सिंह र साम करणले नटआउट पारि खेल्दै सहज जित दिलाए। शशांकले २६ बलमा २५ रन बनाएका साम करणले २० बलमा २६ रनको नटआउट पारि खेले। पञ्जावका सार्दुल ठाकुर, रिचार्ड ग्लेसन र शिवम् दुवेले एक एक विकेट लिए।

आईपीएलमा आज हैदरावाद र राजस्थान रोयल्स राति पौने ८ बजे आमने सामने हुने छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?