मुम्बई इन्डियन्समाथि लखनउको सहज जित


वैशाख १९, काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएमा लखनऊ सुपर जायन्ट्स विजयी भएको छ। मंगलबार राति भएको खेलमा लखनऊले मुम्बई इन्डियन्समाथि ४ विकेटको जित निकालेको हो।

लखनऊका कप्तान केएल राहुलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए। जुन एकदम सही साबित भयो। लखनऊका बलरहरूले मुम्बईलाई १४४ रनको स्कोरमा सीमित गरे। जवाफमा लखनऊको टोलीले १९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

जितसँगै लखनऊले प्लेअफ सम्भावना पनि बलियो बनाएको छ। जारी प्रतियोगिताको अंक तालिकामा लखनऊ १२ अंकका साथ तेस्रो स्थानमा छ। यो सिजनको आईपीएलमा निरिह सावित भएको मुम्बईका रोहित शर्मा आफ्नो जन्मदिनमा फेरी असफल भएका छन्।

हिटम्यानको विकेटपछि मुम्बई दबाबमा आएको थियो। त्यसपछि रोहित, सूर्य र तिलकले दोहोरो अंक पनि पार गर्न सकेनन् । कप्तान हार्दिक पाण्ड्या खाता नखोलेर पभेलियन फर्किए। मुम्बईका तीन ब्याट्सम्यानले टिमको इज्जत बचाए। जसमा इशान किशन (३२), नेहल वढेरा (४६) र टिम डेभिड (३५) रनको योगदान गरे। यी खेलाडीको ब्याटिङको आधारमा टोलीले १४४ रनको स्कोर बोर्डमा राख्न सफल भयो।

लखनउका बलरहरूले सुरुदेखि नै मुम्बईलाई दबाएर राखेका थिए। टोलीका ५ बलरले विकेट लिए। मोहसिन खानले २ ब्याट्सम्यानलाई पभेलियन पठाएका थिए। त्यसबाहेक नवीन उल हक, मयंक यादव, रवि बिश्नोई र मार्कस स्टोइनिसले १–१ विकेट लिए।

लक्ष्य पच्छ्याउने क्रममा लखनऊका लागि मार्कस स्टोइनिसले उत्कृष्ट पारि खेले। २८ रनको स्कोरमा कप्तान राहुलले आफ्नो विकेट गुमाएका थिए। ओपनर अर्शिन कुलकर्णी खाता नखोलेर आउट भए। तर अलराउन्डर मार्कस स्टोइनिसले एक छेउमा रहेर खेल जिताए। उनले ४५ बलमा ६२ रनको इनिङ खेल्दै टोलीलाई ४ विकेटले जित दिलाएका हुन्।

उनी बाहेक निकोलस पुरनले १४ रनको नटआउट पारि खेल्दा दीपक हुड्डाले १८ रन बनाए। मुम्बईका हार्दिक पाण्ड्याले २ तथा नुवान तुसारा, जेराल्ड कोट्जे र मोहमद नविले एक एक विकेट लिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?