दुई उपकुलपति नियुक्त, मध्यपश्चिममा गौतम र पूर्वाञ्चल विश्वविद्यालयमा थपलिया


वैशाख १८, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा। ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा विजुकुमार थपलियालाई नियुक्त भएका छन्।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार गौतम र थपलियालाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन्।

प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गरी प्राज्ञिक प्रतिष्पर्धाका आधारमा नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गरी प्राज्ञिक प्रतिष्पर्धाका आधारमा नियुक्त गर्ने घोषणा गर्नुभएको छ। उहाँहरूलाई सोही मेरिटोक्रेसी अनुसार नै नियुक्त गरिएको हो,’सचिवालले भनेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?