इलाम–२ मा रास्वपाका उम्मेदवार लिम्बुको जमानत जफत


वैशाख १८, काठमाडौँ । इलाम-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएको छ। कुल सदर मतको १० प्रतिशत पनि ल्याउन नसक्दा उनले जमानत जोगाउन नसकेका हुन्।

निर्वाचनमा जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत मत ल्याउनु पर्छ। निर्वाचन आयोगको कार्यालयका अनुसार इलाम–२ मा ६९ हजार ३७४ मत खसेकोमा ६८ हजार ४७२ मत सदर भएको थियो। लिम्बूले पाँच हजार ५० मात्र मत ल्याए।

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गर्दै एमालेका सुहाङ नेम्वाङ विजयी हुँदा लिम्बू चौथो स्थानमा पुगे।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?