इलाम-२ मा नेकपा (एमाले) का नेम्वाङ विजयी


वैशाख १८, काठमाडौँ । इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका सुहाङ नेम्बाङ निर्वाचित भएका छन्। शनिबार भएको उपनिर्वाचनको मंगलबार बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार नेम्बाङले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ८३० मतले पराजित गर्दै नेम्बाङ निर्वाचित भएका हुन्।

नेम्बाङले २७ हजार ७७२ मत ल्याएर विजयी भए भने कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए। निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाएका छन्।

अघिल्लो निर्वाचनमा इलाम–२ बाट सुहाङका बुवा सुवासचन्द्र नेम्बाङ विजयी भएका थिए। तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको हो। इलाम–२ मा एमालेले डेढ दशकदेखिको विरासतलाई निरन्तरता दिएको छ।

उता बझाङ प्रदेशसभा क्षेत्र नं–१ मा पनि नेकपा एमालेकै दमनबहादुर भण्डारी निर्वाचित भएका छन्। यो उपनिर्वाचनमा एमालेले निर्वाचन भएका दुवै क्षेत्रमा जित निकालेको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?